कृषकहरु समूहतर्फ आकर्षित

काठमाण्डु टुडे २०७० माघ ७ गते ११:४८ मा प्रकाशित

बाँके, ७ माघ – बाँके जिल्लाका पशुपालक कृषकहरू कृषक समूह निर्माण गर्नतर्फ आकर्षित भएका छन् । समूहमा व्यवसायसँगै बचत पनि गर्दै भएको हुँदा व्यवसाय सञ्चालन गर्न सजिलो हुने भएपछि उनीहरू समूह निर्माणतर्फ आकर्षित भएका हुन् ।

बाँकेमा पशुपालन, गाईपालन, बाख्रापालन गरेर २५० बढी कृषक समूहले रकम बचत गरी व्यवसाय गरिरहेको पशुसेवा कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार कृषक समूहले अहिलेसम्म रु १५ लाख बचत मात्र नगरी कृषक सहकारीसमेत खोल्न सफल भएका छन् ।

कृषकको रुचि र सम्भाव्यता अध्ययन गरेर कार्यालयले कृषक समूह गठन गरिने भए पनि पछिल्लो समय कृषकहरू आफैँ समूह निर्माणको लागि प्रस्ताव ल्याउने गरेको पशु चिकित्सक जनकराम भण्डारीले बताए ।

एक्लै व्यवसाय गर्दा आम्दानी पनि थोरै थियो अहिले समूहमा आबद्ध भएर व्यवसाय गरेपछि राम्रो आम्दानी गर्न सफल भएको बाँके सीतापुरस्थित गाईपालन कृषक समूहमा आबद्ध कृषक देवीलाल खनालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us