कांग्रेसले राष्ट्रपतिलाई विवादमा ल्यायो : नेता नेपाल

काठमाण्डु टुडे २०७० माघ ५ गते १२:१० मा प्रकाशित

madhab-nepalविराटनगर, ५ माघ– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसले राष्ट्रपतिलाई अनावश्यक रुपमा तानेर विवादमा ल्याउने काम गरेको बताएका छन् ।

विराटनगरमा भएको कार्यक्रममा नेपालले संविधानमा राष्ट्रपतिको विषयमा स्पष्ट उल्लेख भएपनि दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भइसक्दा पनि पहिलेकै राष्ट्रपति रहिरहनुपर्छ भन्नु विवाद सिर्जना गर्नु मात्रै भएको दावी ।

एमालेले राष्ट्रपतिको विवाद नझिकेको भन्दै नेपालले संवैधानिक व्यवस्था, लोकतान्त्रिक विधि अनुसार एउटा राष्ट्रपति कति समयसम्म पदमा बस्ने मिल्छ भनेर प्रश्न मात्रै उठाएको दावी गरे ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने व्यक्ति चयन गर्नेवित्तिकै नयाँ सरकार गठन हुने भन्दै उनले कांग्रेसकै कारण सरकार निर्माणमा विलम्ब भएको आरोप लगाए । शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको माग जायज भएकाले सरकारले गम्भीर भएर तत्काल पूरा गर्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us