१५ किलो चरेशसहित दुई पक्राउ

काठमाण्डु टुडे २०७० माघ ५ गते १४:०४ मा प्रकाशित

Drugहेटौँडा, ५ माघ– प्रहरीले मकवानपुरको रातोमाटेबाट १५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

भरतपुरबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ६९४९ नम्बर बसमा शंका लागि जाँच गर्दा उक्त चरेश भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ सिराञ्चोक गाविस ४ का ३२ वर्षका गणेश लामा र १९ वर्षका बुद्धिमान लामा छन् ।

उक्त चरेशको मूल्य ३५ लाख ६० हजार पर्ने प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us