५५ तोला सुनसहित पाँचजना पक्राउ

काठमाण्डु टुडे २०७० माघ ५ गते १०:३७ मा प्रकाशित

goldभक्तपुर, ५ माघ– महानगरीय प्रहरी परिसर भक्तपुरले तातोपानी नाका हँुदै सुन तस्करी गरी ल्याउँदै गरेका पाँचजनालाई आधा किलोभन्दा बढी सुनसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककी ३५ वर्षीया उर्मिला लामा, इलाम चमेटेटारकी ३० वर्षीया बन्दना राई, सिन्धुपाल्चोक माङ्खा ५ की १७ वर्षीया भावना लामा छन् ।

उनीहरुलाई सुन तस्करीमा संलग्न गराउनेहरु सिन्धुपाल्चोक माङ्खा ५ का ४८ वर्षीय धनबहादुर लामा र सोही ठाउँका ४७ वर्षीया तुलीमाया लामालाई पनि प्रहरीले साँगा भञ्ज्याङमा गएराति पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।

तातोपानीबाट सुन तस्करी गरी कोदारी राजमार्ग हुँदै काठमाण्डु लैजाँदै गरेको सुराकीका आधारमा प्रहरीले विशेष कार्वाही चलाएरु बा७च ३४१९ नम्बरको भाडाको गाडीलाई सुनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुबाट ६३६ ग्राम (करिब ५५ तोला) सुनका सातथान सिक्री बरामद गरेको छ । उर्मिला लामाले घाँटीमा लगाइरहेको र बन्दना राई तथा भावना लामाले ब्राभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us