बाबुरामले गरे डा. केसीको जीवनरक्षाको अपील

काठमाण्डु टुडे २०७० माघ ४ गते ३:४० मा प्रकाशित

काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले अनशनरत त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका डा. गोविन्द केसीको जीवनरक्षाको लागि अपील गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले डा. केसीको जीवनरक्षा अहिले सबैभन्दा महत्वपूर्ण कार्यभार भएको बताएका छन् ।

‘यतिवेला सबैतिर नैतिकता, सदाचार, मूल्य(मान्यता र आदर्शको तीब्र स्खलन भैरहेको भयावह स्थितिमा त्यसको पक्षमा उभिने साहस गर्ने यी महान् व्यक्तित्वको जीवनरक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज वुलन्द गरौं । अहिल्यै गरौं १’ भट्टराईले भनेका छन्, ‘भोलि ढिलो हुनसक्छ !’

Untitled-1

अनशनरत डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । उनलाई अक्सिजन दिएर राखिएको छ । मुटुको धड्कनमा समस्या देखिन थालेको तथा कमजोर बनेको चिकित्सकहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us