
इलाम, ४ माघ – अवैधरूपमा इलाम भित्र्याउन लागिएको ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् ।
इलामको फिक्कलमा मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले २० ग्राम ब्राउनसुगरसहित इलाम नगरपालिका–३ निवासी २० वर्षीय विमल भुजेल र ३० वर्षीय शेखर खवासलाई शुक्रबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको मे३प ६५७ नम्बरको मोटरसाइकल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी नायब निरीक्षक मनिष थापाले बताए ।