ललितपुरमा गोली लागेर दुई घाइते

काठमाण्डु टुडे २०७० माघ ४ गते ५:१३ मा प्रकाशित

pestolललितपुर, ४ माघ – शनिबार बिहान साढे ८ बजे ललितपुरको धापाखेल हाइटमा गोली चल्दा दुईजना घाइते भएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवालको तिर्घामा गोली लागेको र उनीहरुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । गोली चलाउने शङ्कास्पद तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us