ट्रिपरसँग बस ठोक्किदा १७ यात्रु घाईते

काठमाण्डु टुडे २०७० माघ ३ गते ३:५५ मा प्रकाशित

चितवन, ३ माघ–चितवनमा रोकिराखेको ट्रिपरमा बस ठोक्किदा १७ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भण्डाराको डढुवामा ना ४ ख ३१० नम्बरको बस रोकिराखेको ना ४ ख ३७४ नम्बरको ट्रिपरमा ठोक्कीदा बसका यात्रुहरु घाईते भएका हुन् ।

घाईतेहरुको कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा उपचार भईरहेको छ । घाईते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

शुक्रबार विहान साढे १ बजेतिर बस ट्रिपरमा ठोक्किएको थियो । दुर्घटना लगत्तै फरार रहेका बस चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us