संविधान निर्माण र सत्ता साझेदारीको विषयमा कांग्रेस एमालेबीच छलफल

काठमाण्डु टुडे २०७० माघ २ गते १४:११ मा प्रकाशित

congress and umlकाठमाण्डु, २ माघ – कांग्रेस र एमालेबीच संविधान निर्माण र सरकार निर्माणको विषयमा छलफल भएको छ ।

संविधानसभाको पहिलो बैठक, सत्ता साझेदारी लगायतका विषयमा दुई दलबीच छलफल भएको हो । छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माण, सत्ता साझेदारी र अरु दलसँगको सम्बन्ध लगायतका सबै विषयमा छलफल भएको बताए ।

उनले अहिले उठिरहेका सबै विषयमा छलफल भएको र एक वर्षभित्रमा संविधान निर्माण गर्ने विषयमा दुवै दल सकारात्मक रहेको जानकारी दिए ।

यस्तै कांग्रेस नेता रामशरण महतले संविधान निर्माण र सत्ता साझेदारीको विषयमा छलफल भएको तर राष्ट्रपतिको विषयमा भने कुनै छलफल नभएको बताए ।

यसैबीच संविधान निर्माण, भावी सरकार निर्माणलगायतका विषयमा छलफल गर्न कांग्रेस र एमाओवादीबीच छलफल हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us