समाचार

नेवारी संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना

२०७० माघ २ गते २:०८

काठमाण्डु, २ माघ–नेवार समुदायको भाषा, संस्कृति तथा पहिचानलाई नयाँ युवा पुस्तामाझ प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डुको असनमा जनस्तरबाट पहिलोपटक सङ्ग्रहालय स्थापना भएको छ । ‘उदाय म्युजियम’ नामक संग्रहालय स्थापना गरिएको हो । वि.सं. २०५२ मा स्थापित उदाय समाजले स्थापना गरेको सो सङ्ग्रहालयमा विभिन्न नौं प्रजाति...

आज १६ औं भूकम्प सुरक्षा दिवस

२०७० माघ २ गते १:३७

काठमाण्डु, २ माघ–आज १६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘नसोधी–नबोली आउँछ भूकम्पीय विपदा, जागौं–जुटौं बचाउन सृष्टिको सम्पदा’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । वि.सं. १९९० साल माघ २ गते गएको भुकम्पमा दिवंगत भएकाहरुको सम्झना तथा भुकम्पको...

रेग्मी बिरुद्धका मुद्दा फैसलामा किन ढिलाई ?

२०७० माघ २ गते १:०५

काठमाण्डु, २ माघ– ‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो ।’ कानुनको यो सर्वमान्य सिद्धान्त स्वयं मन्त्रिपरिषदको अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्धको मुद्दामा समेत लागू भएको छ । संविधानसभाको निर्वाचन गराउनका लागि मन्त्रिपरिषदको समेत कार्यभार सम्हालेका प्रधानन्यायाधीश रेग्मीले सो कार्यभार पूरा गर्न लाग्दा पनि...

बाहिरिने डरले एमाओवादीले नेताहरुलाई दस्तावेज घर लैजान दिएन

२०७० माघ १ गते १३:४०

काठमाण्डु १ माघ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन बुधबार पूर्वपोलिटब्यूरो सदस्यहरुले अध्ययन गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पुगेर नेताहरुले अध्यक्षको प्रतिवेदन अध्ययन गरेका हुन् । ‘आज हामीले अध्यक्षको दस्तावेज अध्ययन गर्यौं,’ पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँतीले भने, ‘पढिसकेर बुझाएर हिँड्यौं...

मन्त्री घिमिरे र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

२०७० माघ १ गते १२:४७

काठमाण्डु, १ माघ– भारत भ्रमणमा रहेका परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेले उच्चस्तरीय भेटवार्ता शुरु गरेका छन् । उनले बुधबार विहान नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरे । रोडक्रस रोडस्थित निवासमा भएको भेटमा दुई देशबीचको सम्वन्ध र आपसी हितको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले...

थापा र चिनियाँ राजदुतबीच भेटवार्ता

२०७० माघ १ गते १२:४७

काठमाण्डु, १ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापा र चिनियाँ राजदुत उ चुन्ताईबीइच बुधबार भेटवार्ता भएको छ । मालीगाउँ स्थित थापाको निवासमा भएको भेटमा राजदुत चुन्ताईले समसामयिक राजनीतिक अवस्था र नयाँ सरकार गठनका विषयमा चासो राखेको बुझिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले...

ओपीडी बन्द गरी राष्ट्रपतिको दाँतको उपचार

२०७० माघ १ गते १२:०७

काठमाण्डु, १ माघ– नेपालकै सबैभन्दा जेठो बीर अस्पतालले सर्बसाधारण विरामीको उपचार बन्द गरेर राष्ट्रपति डा. रामवरण यादवको दाँतको उपचार गरेको छ । राष्ट्रपतिको दाँतको उपचारको लागि अस्पताल प्रशासनले बुधबार विहान बहिरङ्ग विभागका सबै सेवा बन्द गरेको हो । आकस्मिक रुपमा सेवा बन्द गरिएपछि उपचारको...

एक वर्षभित्रै संविधान बनाउँछौं : देउवा

२०७० माघ १ गते १२:०६

काठमाण्डु, १ माघ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कुनै पनि हालतमा एक वर्षभित्रै संविधान बनाएरै छाड्ने बताएका छन् । दिशानिर्देश प्रेस क्लबले बुधबार राजधानीमा आयोजना गरेको नयाँ संविधान निर्माणसम्बन्धी अन्तक्र्रियामा बोल्दै देउवाले सबै राजनीतिक दलले प्रतिबद्धता जनाएअनुरुप एक वर्षभित्रै प्रजातान्त्रिक मूल्य र...

डा. केसीको जीवन रक्षाको माग

२०७० माघ १ गते १०:४०

काठमाण्डु, १ माघ – नेपाल चिकित्सक संघले आमरण अनशनमा बसेका संघका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानभित्रको विद्यमान समस्याको उचित समाधानका लागि आमरण अनशनमा बसेका डा. केसीको अनशन टुङ्ग्याउन सरकार र सरोकारवाला सबै...

सवारी दुर्घटनामा एकको मृत्यु

२०७० माघ १ गते १०:३९

रसुवा, १ माघ – पासाङ ल्हामु मार्गको धुञ्चे–स्याफ्रुबेसी सडकखण्डअन्तर्गत बाह्रघुम्तीमा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । कामको सिलसिलामा बोलेरो जिप भाडामा लिएर रुसुवागढीतर्फ गइरहेका १५ जना भारतीय नागरिकमध्ये भारत झारखण्डका धनी बराइको घटनास्थलमा मृत्यु भएको...

भिरबाट लडेर महिलाको मृत्यु

२०७० माघ १ गते १०:१८

इलाम, १ माघ । इलामको सोयाकमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी सोयाक–५ की ३० वर्षीया समीनाकुमारी राईको बुधबार बिहान ९ बजे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएकी उनी करिब ५०...

एकसातामा २५ अभियुक्त गिरफ्तार

२०७० माघ १ गते ९:५१

इलाम, १ माघ – जिल्ला प्रहरी कार्यालय इलामले एकसातामै जिल्लाका विभिन्न स्थानबाट २५ जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । अदालतले कैद तथा जरिवाना तोकेपछि फरार रहेका ती अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको हो । पक्राउ पर्नेमा चमैता–६ का ३२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us