थापा र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० माघ १ गते १२:४७ मा प्रकाशित

surya bahadur thapaकाठमाण्डु, १ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापा र चिनियाँ राजदुत उ चुन्ताईबीइच बुधबार भेटवार्ता भएको छ ।

मालीगाउँ स्थित थापाको निवासमा भएको भेटमा राजदुत चुन्ताईले समसामयिक राजनीतिक अवस्था र नयाँ सरकार गठनका विषयमा चासो राखेको बुझिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले सो अवसरमा प्रमुख तीन दल मिलेर सरकार बनाउनु पर्ने बताएका थिए । ‘काँग्रेस, एमाले र एकीकृत माओवादी तीनवटै दल मिलेर सरकार बनाउँदा सहज हुन्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ थापाको भनाईलाई उद्धृत गर्दै एक नेताले भने ।

भेटमा चिनियाँ राजदूत चुन्ताईले दोस्रो संविधानसभाको अध्यक्षता गर्न लागेकोमा थापालाई बधाइ दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us