
इलाम, १ माघ – जिल्ला प्रहरी कार्यालय इलामले एकसातामै जिल्लाका विभिन्न स्थानबाट २५ जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।
अदालतले कैद तथा जरिवाना तोकेपछि फरार रहेका ती अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको हो ।
पक्राउ पर्नेमा चमैता–६ का ३२ वर्षीय गौबबहादुर गुरुङ, चमैता–२ का २५ वर्षीय ईश्वरा सोनाम दर्जी, पञ्चकन्या–१ का ६५ वर्षीय सूर्यबहादुर राई, २६ वर्षीय रत्नबहादुर राई, ३० वर्षीया पूर्णमाया राई, ६३ वर्षीया फूलमाया राई, ५७ वर्षीय शेरबहादुर राई, ३२ वर्षीय हर्क राई र ३९ वर्षीय नरबहादुर राई रहेका छन् ।
यसैगरी, चमैता–६ निवासी ३५ वर्षीय मणिप्रसाद राई, ३२ वर्षीय दिनेश राई, १८ वर्षीय केशव गुरुङ, निङ्मा शेर्पा, साँखेजुङ–७ का ५१ वर्षीय नयेन्द्र विक, फूएँतप्पा–८ का ४२ वर्षीय धनबहादुर तामाङ, चुलाचुली–५ का २७ वर्षीय राजकुमार राई पनि गिरफ्तारीमा परेका छन् ।
सिद्धिथुम्का–२ निवासी ५२ वर्षीय टेकबहादुर मगर, फिक्कल–७ का केशरबहादुर कुलुङ, ४६ वर्षीय राजकुमार राई, कन्याम–२ का नन्दिका रेग्मी र ३२ वर्षीय नेत्रप्रसाद रेग्मी पनि समातिएका छन् ।
कर्तव्य ज्यान, वन फँडानी, चन्दा सङ्कलन, लुटपाट र चोरीका घटनामा संलग्नलाई ती अभियुक्तलाई पक्राउ गरी अदालत बुझाइएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए । अदालतबाट फरार अभियुक्तहरु पक्रन प्रहरी चौकी, इलाका र जिल्लाले विशेष टोली परिचालन गरेको हो ।