
इलाम, १ माघ । इलामको सोयाकमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
घाँस काट्न गएकी सोयाक–५ की ३० वर्षीया समीनाकुमारी राईको बुधबार बिहान ९ बजे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको जंगलमा घाँस काट्न गएकी उनी करिब ५० मिटरमाथि खसेको प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताए ।