
रसुवा, १ माघ – पासाङ ल्हामु मार्गको धुञ्चे–स्याफ्रुबेसी सडकखण्डअन्तर्गत बाह्रघुम्तीमा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् ।
कामको सिलसिलामा बोलेरो जिप भाडामा लिएर रुसुवागढीतर्फ गइरहेका १५ जना भारतीय नागरिकमध्ये भारत झारखण्डका धनी बराइको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक भागिन्द्रपुरुष ढकालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट र अन्यलाई स्थलमार्गबाट उपचारार्थ राजधानी ल्याएको प्रहरीले जनाएको छ ।