डा. केसीको जीवन रक्षाको माग

काठमाण्डु टुडे २०७० माघ १ गते १०:४० मा प्रकाशित

काठमाण्डु, १ माघ – नेपाल चिकित्सक संघले आमरण अनशनमा बसेका संघका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानभित्रको विद्यमान समस्याको उचित समाधानका लागि आमरण अनशनमा बसेका डा. केसीको अनशन टुङ्ग्याउन सरकार र सरोकारवाला सबै निकायलाई संघले अनुरोध गरेको छ ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ चिकित्सकलाई आमरण अनशन बस्ने वातावरण सिर्जना नगर्न  नेपालमा कहाँ, कति चिकित्सक, स्वास्थ्यकर्मी र मेडिकल कलेज चाहिन्छ भन्ने सम्बन्धमा सरकारले अविलम्ब श्वेतपत्र जारी गर्न माग गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us