काठमाण्डु, ३० पुस – राप्रपा नेपालले आउँदो माघ १७ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ १७, १८ र १९ गते राजधानीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा संविधानभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुलाई पनि...
काठमाण्डु, ३० पुस– कांग्रेसका शीर्ष नेताहरुले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गरेर एक वर्षभित्रै लोकतान्त्रिक संविधान निर्माण गर्ने बताएका छन् । स्थिति पाक्षीकको लोकार्पण गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पार्टीभित्रको एकतालाई मजबुत गरी संविधान बनाउने कामलाई पूर्णता...
चितवन, ३० पुस । धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति मेला सुरु भएको छ । देवघाटको बेनीमा ॐकार अंकित बाँसको लिङ्गो गाडेर गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी र हरिहर सन्न्यास आश्रमका पीठाधीश स्वामी ज्ञाननन्द सरस्वतीले मेला शुभारम्भ गरेका हुन् । हरेक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटमा...
डडेल्धुरा, ३० पुस – जोगबुढामा दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको सालिक बनेको छ । नेपालको पहिलो आमनिर्वाचनमा सोही क्षेत्रबाट जनप्रतिनिधिका रुपमा निर्वाचित ठकुरानीको स्मृतिमा जोगबुढाको लालढुङ्गा बजारमा सालिक निर्माण गरिएको हो । नेपाली काँग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित ठकुरानी नेपालको पहिलो...
जनकपुर, ३० पुस–सशस्त्र गतिविधि गर्दै आएको अखिल तराई मुक्ति मोर्चा (गोइत समुह) का केन्द्रीय सदस्य दीपक यादव सहित तीनजना मंगलबार विहान हतियारसहित पक्राउ परेका छन् । रघुनाथ भनिने यादवसहितको टोलीलाई धनुषाको खजुरी सीमाबाट प्रहरीले पक्रेको हो । भारत जान लाग्दा उनीहरुलाई पक्रेको प्रहरी स्रोतले...
काठमाण्डु, ३० पुस– भारतबाट नेपाल ल्याउन लागिएको पाँच नेपाली कामदारको शव गोवाको मटगाउँ अस्पतालमै रोकिएको छ । दक्षिण गोवाको कानकोन समुद्री किनारमा निर्माणाधिन भवन भत्किएर मृत्यु भएका पाँच नेपालीको शव मंगलबार विहान नेपाल ल्याउन लागिएको थियो । तर, एयर इन्डिया सेवा र गोवा एयरपोर्टले...
काठमाण्डु, ३० पुस– संविधानसभा बैठक बस्नु अघि नै नयाँ सरकार गठनको खाका तयार पार्न नेपाली काँग्रेसले गृहकार्य जारी राखेको छ । सहमतिको सरकार गठन र एकबर्षभित्र नयाँ संविधान जारी गर्ने कार्यविधिबारे काँग्रेसले आन्तरिक छलफल जारी राखेको हो । मंगलबार पनि बरिष्ठ नेताहरुबीच छलफललाई जारी...
काठमाण्डु, ३० पुस– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबारबाट ओपिडी सेवा बन्द भएको छ । आवासीय चिकित्सकहरुले डा. गोविन्द केसीको अनसनमा समर्थन जनाउदै सेवा ठप्प पारे पछि उपचारको लागि अस्पताल पुगेका विरामीहरु अलपत्र परेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको सुधारको माग राख्दै डा....
बर्दिवास, ३० पुस– यात्रु बनेर चढेको एक हतियारधारी समूहले महोत्तरीमा मंगलबार विहान बसमा लुटपाट गरेको छ । काठमाण्डुबाट सिन्धुली जाँदै गरेको ना ४ ख १५०१ नम्बरको बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, गरगहना, मोबाइल लगायतका सरसामान लुटेका हुन् । पेस्तोल र खुकुरी लिएका लुटेरा...
काठमाण्डु, ३० पुस– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार विहानका सबै उडान स्थगित भएका छन् । बाक्लो हुस्सु र कुहिरो लागेकोले भिजिविलिटी उपयुक्त नभएपछि उडान रद्ध गरिएको हो । अहिले काठमाण्डु उपत्यकाको भिजिविलिटी ५० मिटर मात्रै रहेको छ । हवाइ उडानको लागि तीन हजार मिटरसम्म भिजिविलिटी...
काठमाण्डु, ३० पुस–गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे भारतको तीनदिने औपचारिक सद्भावना भ्रमणमा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री घिमिरेले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह र आफ्ना समकक्षीहरू विदेशमन्त्री सलमान खुर्सिद तथा गृहमन्त्री सुशीलकुमार सिन्धेसँग...
बाँके, २९ पुस – चरा मार्न प्रतिबन्ध लगाएपछि बाँकेका चिडिमार समुदायको पेसा संकटमा परेको छ । चिडिमार समुदायले वनमा गएर तिथ्रा, ढुकुर, बठेर, लुचिया, वनमुर्गीलगायतका चरा मार्ने र बेचेर गुजरा चलाउँदै आएका थिए । तराईका मधेसी समुदायका चिडिमार समुदाय अहिले चरा पाउन छोड्नु र...