पहिलो महिलामन्त्री द्वारिकादेवीको सालिक

काठमाण्डु टुडे २०७० पुष ३० गते ७:१३ मा प्रकाशित

डडेल्धुरा, ३० पुस – जोगबुढामा दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको सालिक बनेको छ ।

नेपालको पहिलो आमनिर्वाचनमा सोही क्षेत्रबाट जनप्रतिनिधिका रुपमा निर्वाचित ठकुरानीको स्मृतिमा जोगबुढाको लालढुङ्गा बजारमा सालिक निर्माण गरिएको हो । नेपाली काँग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित ठकुरानी नेपालको पहिलो महिला सहायकमन्त्री बनेकी थिइन् ।

काँग्रेस डडेल्धुराले उक्त सालिक निर्माण गरेको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठकुरानीले पु¥याएको योगदानको स्मरण एवम् सम्मानमा सालिक निर्माण गरिएको काँग्रेस डडेल्धुराले जनाएको छ ।

‘राज्यले द्वारिकादेवीलाई दिनुपर्ने सम्मान दिन सकेको छैन’ सालिक निर्माण समितिका संयोजक एवम् काँग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, ‘उहाँको योगदानको स्मृतिका लागि हामीले उनकै निर्वाचन क्षेत्रमा सालिक निर्माण गरेका हौँ ।’

सालिक निर्माणका लागि आर्थिक स्रोत पार्टी तहबाटै जुटाइएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us