राप्रपा नेपालले माघ १७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने

काठमाण्डु टुडे २०७० पुष ३० गते ९:१६ मा प्रकाशित

Rpp nepalकाठमाण्डु, ३० पुस – राप्रपा नेपालले आउँदो माघ १७ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ १७, १८ र १९ गते राजधानीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा संविधानभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुलाई पनि सहभागी गराउने निर्णय भएको छ ।

माघ ३ गते नव निर्वाचित सभासदहरुलाई प्रमाणपत्र वितरण गर्ने तथा ६ र ७ गते संविधानसभामा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

राप्रपा नेपालले ताजा जनादेशअनुसार संविधानसभाका सबै विषयमा ताजा छलफल गर्नुपर्ने अडान लिएको छ ।

कतिपय राम्रा विषय मान्न सकिने भएपनि अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व लिने कुरा आफ्नो पार्टीलाई मान्य नहुने श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us