‘एक वर्ष भित्रमा संविधान बनाउछौं’

काठमाण्डु टुडे २०७० पुष ३० गते ९:१४ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ३० पुस– कांग्रेसका शीर्ष नेताहरुले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गरेर एक वर्षभित्रै लोकतान्त्रिक संविधान निर्माण गर्ने बताएका छन् ।

स्थिति पाक्षीकको लोकार्पण गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पार्टीभित्रको एकतालाई मजबुत गरी संविधान बनाउने कामलाई पूर्णता दिइने बताए ।

विगतमा भएका सहमतिलाई समेत आधार मानेर कुरा नमिलेका सङ्घीयता र शासकीय स्वरुपजस्ता विषयमा सकेसम्म सहमति र नभए जनमतसङ्ग्रहबाट आधा वर्षमा मस्यौदा र एक वर्षमा संविधान दिने जनतासामु गरेको प्रतिबद्धताअनुरुप संविधान बनाउने दावी गरे ।

कार्यक्रममा सभापति कोइरालाले देश, जनता, विकास र लोकतन्त्रका प्रति कांग्रेसको ठूलो जिम्मेदारी रहेको भन्दै विगतका सहमतिलाई स्वामित्व ग्रहण गरी नमिलेका शासकीय स्वरुप र सङ्घीयतामा भए सहमति नभए जनमतसङ्ग्रहमा गएर एक वर्षमै लोकतान्त्रिक संविधान बनाउने काँग्रेसको प्राथमिकता भएको बताए ।

यस्तै वरिष्ठ नेता देउवाले संविधान बनाउन पार्टीभित्र एकता जरुरी रहेको भन्दै उनले चुनावमा जनतालाई दिएको बाचाअनुरुप एक वर्षमै संविधान बनाउनुपर्ने जिकीर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us