त्रिवि शिक्षण अस्पतालको ओपीडी सेवा बन्द

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:२० मा प्रकाशित

Teaching Hospitalकाठमाण्डु, ३० पुस– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबारबाट ओपिडी सेवा बन्द भएको छ । आवासीय चिकित्सकहरुले डा. गोविन्द केसीको अनसनमा समर्थन जनाउदै सेवा ठप्प पारे पछि उपचारको लागि अस्पताल पुगेका विरामीहरु अलपत्र परेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको सुधारको माग राख्दै डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनसन बसेका छन् । उनले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने, निवर्तमान डीन डा. प्रकाश सायमीलाई पुनरवहाली गर्नुपर्ने, थप मेडिकल कलेजलाई सम्वन्धन दिन नहुने लगायत माग राखेका छन् ।

राजनीतिक दवावमा सायमीलाई हटाएर डा. शशी शर्मालाई डीन नियुक्त गरिएको भन्दै आवासीय चिकीत्सकहरुले विरोध गरेका छन् । डा. शर्मा मेडिकल काउन्सीलमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us