गोइत समुहका नेतासहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०७० पुष ३० गते ५:०१ मा प्रकाशित

dhanusa_districtजनकपुर, ३० पुस–सशस्त्र गतिविधि गर्दै आएको अखिल तराई मुक्ति मोर्चा (गोइत समुह) का केन्द्रीय सदस्य दीपक यादव सहित तीनजना मंगलबार विहान हतियारसहित पक्राउ परेका छन् । रघुनाथ भनिने यादवसहितको टोलीलाई धनुषाको खजुरी सीमाबाट प्रहरीले पक्रेको हो । भारत जान लाग्दा उनीहरुलाई पक्रेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ६ थान पेस्तोल समेत प्रहरीले बरामद गरेको बताइएको छ ।

उनीहरुलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने धनुषा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us