मन्त्री घिमिरे र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० माघ १ गते १२:४७ मा प्रकाशित

Madhab-Ghimireकाठमाण्डु, १ माघ– भारत भ्रमणमा रहेका परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेले उच्चस्तरीय भेटवार्ता शुरु गरेका छन् । उनले बुधबार विहान नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरे ।

रोडक्रस रोडस्थित निवासमा भएको भेटमा दुई देशबीचको सम्वन्ध र आपसी हितको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री घिमिरे विदेशमन्त्री सल्मान खुर्सिदले हैदरावाद हाउसमा बुधबारै आयोजना गरेको दिवाभोजमा पनि सहभागी हुनेछन् । समकक्षी खुर्सिदको निमन्त्रणमा घिमिरे नेतृत्वको टोली मंगलबार नयाँदिल्ली गएको थियो ।
भारतीय गृहमन्त्री सुशील कुमार सिन्धे र विदेश सचिव सुजाथा सिंहसँग पनि भेटवार्ता गरी मन्त्री घिमिरे नेतृत्वको टोली विहीबार स्वदेश फर्किने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us