संविधान लेखेर मात्रै परिवर्तन हुँदैन : गोकर्ण विष्ट

काठमाण्डु टुडे २०७० माघ २ गते १३:५८ मा प्रकाशित

Gokarna-3भक्तपुर, २ माघ – एमालेका केन्द्रीय सदस्य तथा सभासद् गोकर्ण विष्टले संविधान लेखेर मात्रै देश र जनताको जीवनमा परिवर्तन नआउने बताएका छन् ।

भक्तपुरमा भएके कार्यक्रममा विष्टले देश र जनताको जीवनमा परिवर्तन ल्याउन संविधानमा लेखिएका कुरालाई व्यवहारमा लागू हुनुपर्ने बताए ।

उनले एउटा पार्टीले अर्को पार्टीलाई एउटा व्यक्तिले अर्को व्यक्तिलाई निन्दा, भत्र्सना गर्ने कार्यलाई छाडेर देशका लागि सहमति र सहकार्यलाई मजबुद बनाएर लैजानु पर्नेमा जोड दिए ।

देशमा १० हजार मेघावाट मात्र बिजुली उत्पादन गरेर व्यवस्थापन गर्ने हो भने नेपालीको आम्दामी ५३ प्रतिशतले वृद्धि हुने भन्दै विष्टले नेताले कोरा भाषण मात्र नगरी राजनीतिले यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुरका सभासदहरु रामेश्वरप्रसाद ढुङ्गेल र केदार सञ्जेलले जनताको पक्षमा एकवर्ष भित्रै संविधान ल्याउन पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us