बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका युवकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २ गते १०:११ मा प्रकाशित

खोटाङ, २ माघ– बलत्कार गर्न खोजेको आरोपमा कुटिइएका एक युवकको ज्यान गएको छ ।

आफ्नै बुहारीलाई रातको समयमा बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका मौवाबोटे ६ का दिलकुमार राईको ज्यान गएको हो ।

आफ्नै २८ वर्षीय भाइ भूमिराज राईको श्रीमती २४ वर्षीया प्रमिला राईलाई हातपात गर्न खोजेपछि प्रमिलासहितको समूहले कुटपिट गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीय जीतबहादुर राईले बताए ।

मंगलबार राति ११ बजेतिर राईले बुहारीलाई घरैभित्र हातपात गर्न खोजेपछि उनीमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । जेठाजुले बलात्कार गर्न खोजेपछि प्रतिकारस्वरुप बुहारीले गुहार मागेका र पछि स्थानीयवासीले समेत कुटपिट गर्दा गम्भीर घाइते बनेका दिलकुमारको बुधबार ज्यान गएको थियो ।

रातको समयमा कुटिइएका दिलकुमारलाई उपचारका लागि लैजान तयारी गर्दागर्दै घरैमा ज्यान गएको हो । घटनामा संलग्न रहेको आशंकामा नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us