राष्ट्रपति हटाउन माग गर्दै दायर रिटमा सुनुवाई हुदै

काठमाण्डु टुडे २०७० माघ २ गते ३:५८ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, २ माघ–राष्ट्रपति रामवरण यादवको पदावधि सकिएकोले अर्को चुनाव गरीपाउँ भनि दायर रिटमाथि विहीबार सर्बोच्च अदालतमा सुनुवाई हुदै छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले अन्तरिम संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभामा पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।

नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीले राष्ट्रपति यादवलाई नै निरन्तरता दिने तथा एमालेले परिवर्तन गर्नुपर्ने बताइरहेकोबेला यो विवाद सर्बोच्चबाट छिनोफानो हुनुपर्ने रिटमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us