नेपालले भने, ‘राष्ट्रपतिको लागि योग्य छैन’

काठमाण्डु टुडे २०७० पुष २८ गते ६:३५ मा प्रकाशित

Madhab-Nepalकाठमाण्डु, २८ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई अवसर आए पनि राष्ट्रपति नबन्ने बताएका छन् । राष्ट्रपति पदको लागि आफू योग्य नभएको उनको भनाइ छ । आफू पदको लोभि नभएको उनले जिकीर समेत गरे ।

हिमालय टेलिभिजनसँगको अन्तरवार्तामा नेता नेपालले भने, ‘म अझै १० बर्षसम्म राष्ट्रपति हुदैन, किनकी म अझै त्यो पदको लागि योग्य छैन ।’

उनले प्रधानमन्त्री बन्ने चाहना भने व्यक्त गरे । ‘अवसर आए सरकारको नेतृत्व गर्न तयार छुँ’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, सबैको सहमति भए म त्यसको लागि तयार छु ।’ तर, उनले संविधान जारी भएपछि मात्रै प्रधानमन्त्रीको लागि दावी गर्नु उपयुक्त हुने बताए । जनचाहना अनुरुप संविधान जारी गर्न भुमिका खेल्ने उनको भनाइ छ । ‘पहिलो प्राथमिकता संविधान हो, पदको लागि होइन, अहिले एमाले पदको लागि लालायित भएको छैन,’ नेता नेपालले भने ।
एमालेलाई बाहिर राख्ने षडयन्त्र

उनले काँग्रेसलाई शक्ति बाँडफाँटको प्रस्तावित खाका तयार पार्न आग्रह पनि गरे । काँग्रेसको प्रस्ताव हेरेर सरकारमा जाने की नजाने निश्चित हुने उनले प्रष्टाए । ‘चित्तबुझ्दो प्रस्ताव ल्याएपछि मात्रै सरकारमा सहभागी हुने की नहुने निश्चित हुन्छ,’ उनले भने । जनताले काँग्रेस र एमाले मिलेर सरकार चलाउने म्याण्डेड दिएकाले त्यसै अनुसार हुनुपर्ने उनले स्पष्ट पारे । जनमत विपरित एमालेलाई बाहिर राख्ने प्रयास भैरहेको आशंका गर्दै उनले त्यसो भए भयङ्कर गल्ती हुने चेतावनी दिए ।

काँग्रेस र एमाओवादी मिलेर एमालेलाई सरकार बाहिरै राख्न खोजेको उनको आशंका थियो । यद्यपी एमाओवादीले आफूहरु सरकारमा नजाने बताउँदै आएको छ ।

हालको राष्ट्रपति जनअनुमोदित हुनुपर्ने पनि नेता नेपालले दोहोर्याए । ‘६४ सालमा बनेको प्रधानमन्त्री ६–६ बर्षसम्म अब रहन सक्दैन’ उनले भने, ‘यदी हालकै राष्ट्रपति रहने भए पनि जनअनुमोदित हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us