
इटहरी, २८ पुस– सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार झापा सुनसरीको दुवागडी–४ मा भएको सवारी दुर्घटनामा ६५ वर्षीय साइकलयात्री यादव पोख्रेलको मृत्यु भएको हो ।
मे ४ प ७८२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका पोख्रेलको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी सवारी चलाएका सात जनामाथि कारबाही चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।