गोरखा फुजेल काण्डमा थुनिएका पौडेलले भने, ‘मेरो बेइज्जत गरियो’

काठमाण्डु टुडे २०७० पुष २८ गते १०:०२ मा प्रकाशित

krishna prasad paudelचितवन, २८ पुस – गोरखा ७ फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा २४ दिन हिरातमा बसेर रिहा भएका भरतपुर ९ शरदपुरका परशुराम पौडेलले निर्दोष व्यक्तिलाई कठपुतली बनाएर सार्वजनिक बेइज्जत गरेर आफूलाई मानसिक यातना दिएको बताएका छन् ।

रिपोटर्स क्लव चितवन शाखाले गरेको कार्यक्रममा पौडेलले शान्ति प्रक्रियालाई असफल पार्न प्रयासरत कथित मानवअधिकारवादीको अगुवाईमा आफूलाई फसाइएको आरोप लगाए ।

निर्दोष मान्छेलाई कठघरामा उभ्याउनेलाई पनि कारबाहि गर्न उनले माग गरे ।

उनले आफूलाई फसाउने षड्यन्त्र अनुसार केही मानवअधिकारवादीको उक्साहटमा कृष्णप्रसादका दाजु नूरप्रसादले आफ्नो विरुद्धमा उजुरी गरेको दावी गरे ।

पौडेलले द्वन्द्वकालका घटना सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर समाधान गर्न माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us