तेस्रोलिंगीको प्रतिनिधित्व नभए आन्दोलन

काठमाण्डु टुडे २०७० पुष २८ गते ९:१४ मा प्रकाशित

Sunil-Babu-Pantकाठमाण्डु, २८ पुस – पूर्व सभासद् तथा नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् ।

संविधानसभामा आफ्नो समूदायको प्रतिनिधित्व नभएसम्म अधिकार लेखिनेमा शंका उत्पन्न भएको भन्दै समलिंगी तेश्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन पन्तले माग गरे ।

समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता समेत रहेका पन्तले देशभरका समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग सहितको सन्देश पठाउन अनुरोध पनि गरे ।

मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई फोन गरेर, मोवाइलबाट एसएमएस पठाएर साथै इमेल र फ्याक्स गरेर संविधान सभामा अनिवार्य प्रतिनिधित्वको माग गर्न देशभरका समलिंगी तेश्रोलिंगीलाई पन्तले आग्रह गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us