समाचार

प्रधानसेनापति स्वदेश फिर्ता

२०७१ वैशाख ५ गते १२:१३

काठमाण्डु ५ वैशाख –  मलेसिया भ्रमणमा रहेका प्रधानसेनापति गौरवशम्शेर राणा आज स्वदेश फर्किएका छन् । ४ दिने भ्रमण पुरा गरी उनी स्वदेश फर्किएका हुन् । मलेशियन आर्मी प्रमुख  महोमद नुरको निमन्त्रणमा राणा त्यस तर्फ गएका थिए । भ्रमणका क्रममा प्रधानसेनापतिले राणा १४ औं डिफेन्स...

उपत्यकामा दिन प्रतिदिन खानेपानी सङ्कट

२०७१ वैशाख ५ गते १२:०२

काठमाण्डु,५ वैशाख – काठमाडौँ उपत्यकामा अत्याधिक जनसङ्ख्या वृद्धिले खानेपानीको मागअनुसार आपूर्ति हुन सकिरहेको छैन । वर्तमान प्रणालीमा चुहावट तथा सरोकारवाला निकायबीच आपसी समन्वय अभावका कारण खानेपानी वितरणको कार्य थप चुनौतीपूर्ण बन्दै गएको हो । उपत्यकाभित्रका सम्भावित खानेपानीका सबै स्रोत र भूमिगत स्रोतसमेत प्रयोग भइरहँदा...

जलविद्युत्को क्षेत्रमा लगानी गर्न नर्वे तयार

२०७१ वैशाख ५ गते १२:००

काठमाण्डु, ५ वैशाख – नर्वेले स्वच्छ ऊर्जा अर्थात् जलविद्युत्को क्षेत्रमा थप लगानी गर्न तयार रहेको जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालासँग आज उहाँको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा नेपालका लागि नर्वेका राजदूत केजेल टर्मोड पिटर्सनले नेपालको ऊर्जा क्षेत्रमा विद्यमान असहज परिस्थिति कम गर्न चाहेको बताए...

एमाले बैठक १० गतेसम्मका लागि स्थगित

२०७१ वैशाख ५ गते ११:४५

काठमाण्डु ५ वैशाख – नेकपा एमालेको केन्द्रीय समितिको बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष झलनाथ खनालले महाधिवेशन सम्बन्धि दस्तावेज तयार गर्न नभ्याएको भन्दै बैठक १० गतेसम्मका लागि स्थगित भएको नेता भरतमोहन अधिकारीले जानकारी दिए । बैठक केहीबेर बसेर स्थगित भएको...

सहमतिकै आधारमा संवैधानिक समितिको सभापति चयन गर्नुपर्ने

२०७१ वैशाख ५ गते १०:२४

काठमाण्डु ५ वैशाख – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आज बसेको बैठक निष्र्कष विहीन भएको छ । सभापति चयन गर्न आज सिहदरबारमा बसेको बैठकमा समितिका अधिकांश सदस्यहरुले सहमतिकै आधारमा सभापति चयन गर्नुपर्ने अडान राखेपछि बैठक बिनानिष्र्कष टुंगिएको हो । बैठकको सुरुमा नै राप्रपा नेपालका...

शान्तिसम्बन्धी गतिविधिविरुद्ध नर्वेले सहायता नगरेको स्पष्टोक्ति

२०७१ वैशाख ५ गते १०:१५

काठमाण्डु ५ वैशाख – नर्वेले नेपालमा शान्तिसम्बन्धी गतिविधिविरुद्ध सहायता नगरेको स्पष्ट गरेको छ । नेपालमा नर्वेली सहायता दुरुपयोग भएको आरोपयुक्त समाचार सार्वजनिक भएपछि यहाँस्थित नर्वेली राजदूतावासले आज विज्ञप्ति जारी गरी ग्रामीण विकास, नवीकरणीय ऊर्जा, मानवअधिकार, लैङ्गिक समानता, प्रजातन्त्र, शान्ति र मेलमिलापका निम्ति नेपालमा सहयोग गर्दै...

सोमबारबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन्छः आपूर्तिमन्त्री

२०७१ वैशाख ५ गते ९:१७

काठमाण्डु, ५ बैशाख – वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलकुमार थापाले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव सोमबारबाट अन्त्य भई आपूर्ति सहज हुने दावी गरेका छन् । रिपोटर्स क्लबले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले सञ्चय कोषबाट भारतीय आयल निगमलाई आजै दुई अर्ब ५० करोड रुपैया पठाईसकिएको...

नर्वेजियन राजदूतले भने – ‘कनकमणि प्रकरणमा अनुसन्धान हुन्छ’

२०७१ वैशाख ५ गते ९:०२

काठमाण्डु, ५ वैशाख – नर्वेजियन राजदूत क्लिजल टोरमोड पिटरसनले शान्ति प्रक्रिया बिथोल्न कनकमणि दीक्षितलाई रकम दिएको बारे आफूहरुले अनुसन्धान थाल्ने बताएका छन् । बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राजदूत पिटरसनले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रचण्डसँगको भेटमा उनले ‘नेपालको शान्ति प्रक्रिया...

घले गाउँलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने

२०७१ वैशाख ५ गते ८:५०

लमजुङ, ५ वैशाख – बेसीसहर घलेको पुख्र्यौली थलो उत्तरकन्या गाविसको घले गाउँमा भेला भएका देशभरका घले अगुवाले घले गाउँलाई सार्कको मात्र नभइ संसारकै नमुना गाउँ बनाउने प्रण गरेका छन् । चैत अन्तिम साता घले गाउँमा देशभरका घले प्रतिनिधि भेला भएका थिए । सार्क राष्ट्रको...

एमाओवादी सम्मेलनको सम्पूर्ण तयारी पूरा

२०७१ वैशाख ५ गते ८:४८

काठमाण्डु, ५ वैशाख – एकीकृत नेकपा (माओवादी)को विराटनगरमा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन मूल आयोजक समितिका संयोजक पोष्टबहादुर बोगटीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सम्मेलन आगामी वैशाख १८ गतेदेखि पाँच दिनसम्म चल्ने छ । सम्मेलनमा मुलुकभरिका...

प्रेस शब्द हटाउन महासङ्घद्वारा अभियान सञ्चालन

२०७१ वैशाख ५ गते ८:०७

वीरगन्ज, ५ वैशाख । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले पत्रकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि व्यक्तिगत सवारी साधन मोटरसाइकलमा लेखिएको ‘प्रेस’ शब्द हटाउनका लागि शुक्रबारबाट अभियान सञ्चालन गरेको छ । पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउनका लागि आफूहरुले यस्तो निर्णयसहितको अभियान सञ्चालन गरेको...

सत्य निरुपण आयोगको मस्यौदा संयुक्त रुपमा संशोधन हुनुपर्छ–बोगटी

२०७१ वैशाख ५ गते ८:०२

मोरङ, ५ वैशाख – एकीकृत माओवादी साङ्गठानिक सम्मेलन मूल आयोजक समितिका संयोजक पोष्टबहादुर बोगटीले द्वन्द्वकालीन घटनामा मेलमिलापको नीति भए मात्र त्यो राष्ट्रहितमा हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोगटीले गोरखा फुजेल घटनालाई विदेशीको इसारामा उचालेर शान्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us