प्रधानसेनापति स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु ५ वैशाख –  मलेसिया भ्रमणमा रहेका प्रधानसेनापति गौरवशम्शेर राणा आज स्वदेश फर्किएका छन् । ४ दिने भ्रमण पुरा गरी उनी स्वदेश फर्किएका हुन् । मलेशियन आर्मी प्रमुख  महोमद नुरको निमन्त्रणमा राणा त्यस तर्फ गएका थिए । भ्रमणका क्रममा प्रधानसेनापतिले राणा १४ औं डिफेन्स सर्भिस एसिया फन्फरेन्समा सहभागी भएका थिए । उनले श्रीलंका,अमेरिका, बेलायत लगायतका सेना प्रमुखसँग भेट गरेका थिए ।भ्रमणले नेपाली सेना र मलेसियन सेना वीचको सम्बन्ध अझ मजबुत र प्रगाढ बनाउन मद्धत पुगेको नेपाली सेनाले विश्वास लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us