एमाओवादी सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ८:४८ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ५ वैशाख – एकीकृत नेकपा (माओवादी)को विराटनगरमा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन मूल आयोजक समितिका संयोजक पोष्टबहादुर बोगटीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सम्मेलन आगामी वैशाख १८ गतेदेखि पाँच दिनसम्म चल्ने छ । सम्मेलनमा मुलुकभरिका पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ५०० भन्दा बढीको सहभागिता रहने छ । संयोजक बोगटीले सम्मेलनमा पार्टीलाई थप सुदृढ बनाउन व्यापक छलफल र बहस गरी केन्द्रीय पदाधिकारीको समेत चयन गरिने बताए ।
नेकपा–माओवादीसँग पार्टी एकताको विषयमा सम्मेलनमा व्यापक छलफल हुने बताइएको छ । सम्मेलन सम्पन्न गर्न करिब ३५ लाखभन्दा बढी खर्च हुने आयोजक समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us