काठमाण्डु, ५ वैशाख – नर्वेजियन राजदूत क्लिजल टोरमोड पिटरसनले शान्ति प्रक्रिया बिथोल्न कनकमणि दीक्षितलाई रकम दिएको बारे आफूहरुले अनुसन्धान थाल्ने बताएका छन् ।
बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा राजदूत पिटरसनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रचण्डसँगको भेटमा उनले ‘नेपालको शान्ति प्रक्रिया बिथोल्न कनकमणि दीक्षितलाई पैसा बाँडेको भन्दै व्यवस्थापिका संसदमा प्रश्न उठेको छ यसबारे हामीले छानविन गर्छौ ‘भनेका थिए । नेपालको शान्ति प्रक्रिया टुंगोमा पुरयाउन आफूहरु जस्तोसुकै सहयोग गर्न तयार भएको पनि उनले बताएको लाजिम्पाट स्रोतले जानकारी दिएको छ ।
जवाफमा अध्यक्ष प्रचण्डले राजदूतको भनाइ प्रति समर्थन जनाउँदै सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका थिए ।