काठमाण्डू, २९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेश कुमारले सरकारले संविधान संशोधनका लागि गरिरहेको गृहकार्यमाथि धावा बोलेका छन ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहप्रति उनी व्यक्तिगतरुपमा खनिए र गैरराजनीतिक टिप्पणीहरू गरेका हुन । काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधन हुनै नसक्ने ठोकुवा समेत गरेका थिए ।
०७२ सालको संविधानमा कुनै खोट नरहेको दाबी गर्दै उनले यसलाई संशोधन गर्ने क्षमता कुनै व्यक्तिमा नरहेको समेत बताएका छन । सँगसँगै उनले यो व्यवस्था नै जान लागेको भविष्यवाणीसमेत गरेका छन् ।
कार्यक्रममा सिंहले भने, ‘यो संविधान संशोधन हुनेवाला छैन । बरु व्यवस्था जाँदैछ । व्यवस्था बचाउन मन छ भने, लोकतन्त्र बचाउन छ भने तपाईँहरू छलफल गर्दा उचित हुन्छ ।’
उनले थपे, ‘ हु इज द असीम साह रु कुन प्रदेशमा असीम साहको सरकार छ रु ल मेकर पनि छैन । उसले के गर्न सक्छ रु बढीमा बालेनको कानमा फुसफुस गर्न सक्छ । संसदमा उठाउने अधिकार छैन ।
प्रस्ताव पनि गर्न सक्दैन नि । ऊ संसद भए त प्राइभेट बिल पनि दर्ता गर्थ्यो होला । त्यो पनि छैन बिचरा । संविधान संशोधन हाम्रो संविधानले ग्यारेन्टी गरेको छ, दुई तिहाइले हुन्छ । यो कुनै आयोगबाट बनेको संविधान होइन, संविधान सभाबाट बनेको संविधान हो ।