काठमाण्डु ५ वैशाख – नेकपा एमालेको केन्द्रीय समितिको बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष झलनाथ खनालले महाधिवेशन सम्बन्धि दस्तावेज तयार गर्न नभ्याएको भन्दै बैठक १० गतेसम्मका लागि स्थगित भएको नेता भरतमोहन अधिकारीले जानकारी दिए ।
बैठक केहीबेर बसेर स्थगित भएको थियो । एमालेले नवौं महाधिवेशनको दस्तावेज लेखनका लागि अध्यक्ष खनालको नेतृत्वमा ३२ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । दस्तावेज लेखनमा समय नपुगेकाले बैठक १० गतेसम्मका लागि स्थगित भएको अधिकारीले बताए ।