सहमतिकै आधारमा संवैधानिक समितिको सभापति चयन गर्नुपर्ने

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १०:२४ मा प्रकाशित

SHINGHA-DURBARकाठमाण्डु ५ वैशाख – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आज बसेको बैठक निष्र्कष विहीन भएको छ ।

सभापति चयन गर्न आज सिहदरबारमा बसेको बैठकमा समितिका अधिकांश सदस्यहरुले सहमतिकै आधारमा सभापति चयन गर्नुपर्ने अडान राखेपछि बैठक बिनानिष्र्कष टुंगिएको हो । बैठकको सुरुमा नै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिकै आधारमा सभापति छान्नुपर्ने बताएपछि अन्य नेताहरुले पनि थापाको भनाइ प्रति समर्थन जनाएका थिए ।

यसअघि समितिले चैत ३० गते सभापति चयन गर्ने कार्यक्रम राखेको थियो । त्यतिबेला पनि दलहरुवीच सहमति जुटन् नसकेपछि बैठक स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us