समाचार

सङ्घीयतासहितको संविधान निर्माणका लागि मिलेर काम गर्ने सात दलको निर्णय

२०७१ वैशाख ६ गते ८:५४

काठमाण्डु, ६ वैशाख – एक वर्षभित्र सङ्घीयतासहितको संविधान निर्माणका लागि एकीकृत नेकपा (माओवादी) लगायतका विभिन्न सात राजनीतिक दलले मिलेर काम गर्ने भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको व्यवस्थापिका–संसद्मा विपक्षमा रहेका सात राजनीतिक दलको संयुक्त बैठकले जनताको एजेन्डा ओझेलमा पर्न लागेको...

तीनदलीय सिन्डिकेटबाट संविधान जारी भए अमान्य – कमल थापा

२०७१ वैशाख ६ गते ८:४९

भक्तपुर, ६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनदलीय सिन्डिकेटबाट संविधान बनेमा त्यो आफूहरुलाई अमान्य हुने बताएका छन् । राप्रपा नेपाल कटुञ्जे गाउँ एकाई समितिको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै उनले सहमतिमा संविधान बनेमा मात्र स्वीकार्न सकिने बताए । “सबै दलको...

विधान संशोधनमा छलफल नभए महाधिवेशन हुन नदिने क्रान्तिकारी पत्रकारको चेतावनी

२०७१ वैशाख ६ गते ८:४५

काठमाण्डु, ६ वैशाख – क्रान्तिकारी पत्रकार संघले विधान संशोधन प्रस्तावमा छलफल नभए पत्रकार महासंघको महाधिवेशन अघि बढ्न नदिने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघले विधान संशोधनका विषयमा गरेको छलफल कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले यस्तो चेतावनी दिएका हुन् । आचार्यले विधान...

लागुऔषधसहित एक पक्राउ

२०७१ वैशाख ६ गते ७:५२

वीरगन्ज, ६ वैशाख – प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर–४ पुल्चोक बस्ने राजीव शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध नर्फिन...

नेकपा-माओवादीलाई पनि संविधानसभामा लैजाने – प्रकाशमान

२०७१ वैशाख ६ गते ६:५१

काठमाण्डु, ६ वैशाख – उपप्रधान तथा स्थानियविकाश मन्त्री प्रकाशमान सिंहले संविधानसभामा बाहिर रहेका दलहरुलाई पनि ल्याइने बताएका छन् । काठमाण्डुमा आज भएको कार्यक्रममा उनले संविधानसभा बाहिर रहेका नेकपा-माओवादी सहितका दलहरुलाई पनि समावेश गरिने बताए । वार्तावाट समस्याको समाधान गर्न सकिने भन्दै उनले वार्तामा आउन नेकपा-माओवादी...

बिदेश भ्रमणमा नजान सभासदहरुसँग नेम्वाङको आग्रह

२०७१ वैशाख ६ गते ६:४४

काठमाण्डु, ६ वैशाख – संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ८ गतेसम्म बिदेश भ्रमणमा नजान सभासदहरुसँग आग्रह गरेका छन् । ललितपुरमा आज भएको कार्यक्रममा उनले बिदेश भ्रमणमा जादाँ संविधान निमार्णमा असर पर्ने भएकाले नजान आग्रह गरेका हुन् । समय घन्कदै गएकाले संविधान निमार्णमा जुट्न उनले सबैसँग...

संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठक लाजिम्पाटमा

२०७१ वैशाख ६ गते ६:३५

काठमाण्डु, ६ वैशाख – एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठक अहिले बसिरहेको छ । प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा संविधान निमार्णमा अपनाउने रणनीति, मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका बिषयमा छलफल भइरहेको छ । साथै बैठकमा संविधानसभा अन्र्तगतका समितिका सभापति चयनका बिषयमा पनि...

प्रि–बजेटमाथि छलफल चलाउँदा उपयुक्त– सभामुख नेम्वाङ

२०७१ वैशाख ६ गते ४:३८

काठमाण्डु, ६ वैशाख – सभामुख सुवास नेम्वाङले सरकारले संसद सञ्चालनका लागि कुनै ‘विजनेस’ दिन नसकेको अवस्थामा पूर्व बजेट तयारी  (प्रि–बजेट)सम्बन्धी छलफल चलाउन सकिने बताएका छन् । विगतमा अप्ठ्यारो परयो, समय पुगेन भनेर प्रि–बजेट छलफलसम्बन्धी व्यवस्थालाई निलम्बन गर्दै आएको पक्षलाई समेत हेक्का गरेर यस पटक...

मंगलबारदेखि इन्धन आपूर्ति सहज हुने

२०७१ वैशाख ६ गते ३:५७

काठमाण्डु, ६ वैशाख – इन्धन आपूर्ति र वितरण आउँदो मंगलबारदेखि मात्रै सहज हुने नेपाल आयल निगमले जनाएको छ । निगमका निमित्त महाप्रबन्धक सागर सत्यालका अनुसार भारतीय आयल कर्पोरेशन आईओसीलाई तिर्न बाँकीमध्ये केही रकम बुझाउन लागिएको छ । रकम तिर्ने तयारी भएसँगै हिजोदेखि नै आयात...

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

२०७१ वैशाख ६ गते २:२५

काठमाण्डु, ६ वैशाख –भिटामिन ए कार्यक्रम अन्तर्गत शनिबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । ६ महिनादेखि पाँच वर्षका २४ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक वर्षदेखि पाँच वर्ष सम्मका २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने बालस्वास्थ्य महाशाखाले...

भोलिबाट सबै क्यासिनो बन्द

२०७१ वैशाख ६ गते १:४५

काठमाण्डु, ६ वैशाख – समय दिँदा पनि नवीकरण नगरेपछि, सरकारले सञ्चालनमा रहेका क्यासिनो, गेमिङ क्लव र मिनी क्यासिनो आइतवारबाट बन्द गराउने निर्णय गरेको छ । सरकारले चौथोपटक दिएको नवीकरणको म्याद आज शनिवार सकिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता...

डनवाद र धनवादले एमाले बर्बाद हुन्छ: नेपाल

२०७१ वैशाख ५ गते १४:३२

काठमाण्डु, ५ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका डनवाद र धनवाद पार्टीका लागि खतरामा रुपमा देखा परेको बताएका छन् । अनलाइन पत्रकारहरुसँग राजधानीको बानेश्वरस्थित एक होटलमा भएको भेटमा उनले नेता केपी ओलीतर्फ लक्षित गर्दै डनवाद र धनवादले एमालेलाई बर्बादीको दिशामा डोर्‍याउने र पार्टी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us