
काठमाण्डु, ६ वैशाख – संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ८ गतेसम्म बिदेश भ्रमणमा नजान सभासदहरुसँग आग्रह गरेका छन् । ललितपुरमा आज भएको कार्यक्रममा उनले बिदेश भ्रमणमा जादाँ संविधान निमार्णमा असर पर्ने भएकाले नजान आग्रह गरेका हुन् ।
समय घन्कदै गएकाले संविधान निमार्णमा जुट्न उनले सबैसँग आग्रह गरे । आफूलाई पनि बिभिन्न देशका राजदूतहरुले भ्रमणको निम्ता दिएको भन्दै उनले अस्विकार गरेको जानकारी दिए । ‘अघिल्लो पटक संविधान निमार्ण नगरे पनि कहाँ कमजोरी भन्ने सबैलाई थाहा छ’ नेम्बाङले भने- ‘त्यसैले विगतका कमजोरीहरुलाई फेरी पनि दोहोरयाउन हुन्न ‘।