भोलिबाट सबै क्यासिनो बन्द

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते १:४५ मा प्रकाशित

casinoकाठमाण्डु, ६ वैशाख – समय दिँदा पनि नवीकरण नगरेपछि, सरकारले सञ्चालनमा रहेका क्यासिनो, गेमिङ क्लव र मिनी क्यासिनो आइतवारबाट बन्द गराउने निर्णय गरेको छ ।

सरकारले चौथोपटक दिएको नवीकरणको म्याद आज शनिवार सकिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटाले क्यासिनो नियमावली ०७० अनुसार सवै क्यासिनो अवैध भएकाले बन्द गर्ने निर्णय गरिएको बताए ।

आइतवारदेखि सबै क्यासिनो बन्द गराउन गृह तथा अर्थ मन्त्रालयलाई पत्राचार भइसकेको पनि सापकोटाले जानकारी दिए ।

९ महिना समय दिँदा पनि कुनै क्यासिनोले नवीकरण गर्न चासो नदेखाएको र चासो देखाएका केही क्यासिनो सञ्चालनले पनि पर्याप्त कागजात उपलब्ध नगराएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

क्यासिनो नियमावली ०७० अनुसार हरेक क्यासिनोले राजश्व चार करोड रुपैयाँ, इजाजत शुल्क दुई करोड, बैंक धरौटी चार करोड र निवदन दस्तुर पाँच लाख रुपैयाँ बुझाउनपर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us