तीनदलीय सिन्डिकेटबाट संविधान जारी भए अमान्य – कमल थापा

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ८:४९ मा प्रकाशित

Kamal-Thapaभक्तपुर, ६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनदलीय सिन्डिकेटबाट संविधान बनेमा त्यो आफूहरुलाई अमान्य हुने बताएका छन् ।

राप्रपा नेपाल कटुञ्जे गाउँ एकाई समितिको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै उनले सहमतिमा संविधान बनेमा मात्र स्वीकार्न सकिने बताए ।
“सबै दलको सहमतिमा संविधान निर्माण होस् भन्ने हाम्रो चाहना हो, तर नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले जबरजस्ती आफ्नो एजेन्डालाई मात्र लादेर संविधान निर्माण गरे त्यसलाई स्वीकार्न सकिन्न थापाले भने ।

तीन दलले एक वर्षमा संविधान निर्माण गर्ने भन्दै जनतालाई ढाँट्दै आएको आरोप लगाउँदै उनले ठूला तीन दलले एक वर्षमा संविधान निर्माण गर्छौं भनेर जनतालाई ढाँटेर आएका कारण संविधान नबन्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us