कपिलवस्तु, ७ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुनःसंरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताएका छन् । अध्यक्ष वैद्यले सरकारले मनोनित गर्ने २६ सभासद् आफूहरु कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै दुवै माओवादीबीच तत्काल पार्टी एकता असम्भव...
काठमाण्डु, ७ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी रूपमा आर्थिक उपार्जन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यक्रम अगाडि बढाउने भएको छ । सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने, सही प्रकृति स्रोत, स्थान, स्वामित्व वा सो सम्पत्तिमाथिको अधिकार लुकाउने,...
काठमाण्डु, ७ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा बेपत्ता भएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । छलफलमा नेपाली काँग्रेसका रमेश लेखकले मुलुकको शान्ति र रुपान्तरणका लागि विधेयक प्रस्तुत भएको तथा यसमा गम्भीर अपराधका घटनामा...
काठमाण्डु, ७ वैशाख – एकीकृत नेकपा माओवादी र नेकपा – माओवादीले द्वन्द्वकालिन सबै घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र ल्याइनुपर्ने बताएका छन् । एमाओवादी नेता देवेन्द्र पौडेल र नेकपा – माओवादीका सचिव देव गुरुङले अदालतमा द्वन्द्वकालिन घटनाको मुद्दा चलाइए मुख्य पार्टीका नेता र...
काठमाण्डु, ७ वैशाख – रोयल्टी र जरिवाना वापतको रकम नबुझाएका तथा नविकरण नगरेर गैरकानूनी ठहरिएका क्यासिनो आजबाट बन्द भएका छन् । क्यासिनो बन्द भएसँगै तिनमा कार्यरत करिब ११ हजार कर्मचारी बेरोजगार बन्न पुगेका छन् । विभिन्न क्यासिनोहरुले रोयल्टी र जरिवानावापत सरकारलाई १ अर्ब ६ करोड...
धुर्कोट (गुल्मी), ७ वैशाख – गुल्मी दरबारदेवीस्थानमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबारदेवीस्थानबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज २५२९ नम्बरको जिप दरबारदेवीस्थान गाविस–८ स्थित म्याल पोखरा भन्ने ठाउँमा दुर्घटनामा पर्दा मृत्यु हुनेमा नौ वर्षीय दिवस सारु, अन्दाजी ३५ वर्षीय...
भक्तपुर, ७ वैशाख – महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव तथा बालबालिका शाखा प्रमुख डा किरण रुपाखेतीले नेपालमा ४० प्रतिशत बालबालिका प्रत्यक्षय रुपमा श्रमिक रहेको बताएका छन् । भक्तपुर जिल्लालाई आगामी पाँच वर्षभित्र बालश्रममुक्त जिल्ला बनाउने अभियान सुरु भएको बेलामा बाल विकास समाजले आज...
दमक, ७ बैशाख – कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीलाई जनताहरुले आममाफी दिइसकेको बताएका छन् । दमकमा आज पत्रकारसँग कुरा गर्दे उनले जनताले आममाफी दिएकै कारण एकीकृत माओवादी संविधानसभाको चुनावमा तेस्रो स्थानमा पुगेको बताए । द्दन्द्दकालको मुद्दा ब्युँताएर राजनैतिक गतिरोध बढाउन नहुने उनले...
विराटनगर, ७ वैशाख – सिँचाइमन्त्री नारायणप्रकाश साउदले कृषि उत्पादन वृद्धि गर्न सिँचाइ र बाढीग्रस्त क्षेत्रका लागि नयाँ र प्रभावकारी नीति निर्माण योजना ल्याइने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले आगामी एक वर्षभित्र सरकारले जसरी पनि देशलाई नयाँ संविधान...
तेह्रथुम, ७ वैशाख – तेह्रथुमको सोल्मा गाविसका स्थानीयवासीले चन्दा सङ्कलन गरेर दुई किलोमिटर मोटर बाटो निर्माण गरेका छन् । सोल्मा गाविस वडा नं २, ३, ४ र ५ का ६० परिवारले प्रतिघर रु ५०० देखि ११ हजारसम्म चन्दा उठाएर कुल रु दुई लाख ५३...
बागलुङ, ७ वैशाख – गर्मीयाम सुरु भएसँगै धवलागिरि अञ्चल अस्पताल बागलुङमा बिरामीको चाप बढ्न थालेको छ । दूषित हावा तथा पानीका कारण लाग्ने रोगका बिरामीको अस्पतालमा चाप बढेको हो । रुघाखोकी, ज्वरो, झाडापखाला, टाइफाइडलगायतका बिरामीको सङ्ख्या बढ्दै गएको अञ्चल अस्पताल बागलुङका जनस्वास्थ्य अधिकृत रामप्रसाद...
गुल्मी, ७ वैशाख – गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन् । गुल्मीको दरवारदेवीस्थान–८ म्यालपोखरीवाट सदरमुकाम तम्घासतर्फ आउदै गरेको लु १ ज २ पाँच २ नौं नम्बरको जिप आइतवार विहान म्यालपोखरीको...