
धुर्कोट (गुल्मी), ७ वैशाख – गुल्मी दरबारदेवीस्थानमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दरबारदेवीस्थानबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज २५२९ नम्बरको जिप दरबारदेवीस्थान गाविस–८ स्थित म्याल पोखरा भन्ने ठाउँमा दुर्घटनामा पर्दा मृत्यु हुनेमा नौ वर्षीय दिवस सारु, अन्दाजी ३५ वर्षीय महेन्द्र कुँवर, ५० वर्षीया जमुना खत्री र अर्घाखाँची बलकोटकी सानु मिया छन् । घाइतेलाई तम्घास अस्पतालमा सामान्य उपचारपछि पाल्पाको लुम्बिनी मेडिकल प्रवास लगिएको छ ।
घाइते चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । जिप अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शनका लागि हिँडेको एक मिनेटमै दुर्घटनामा परेको थियो ।
जिपका मालिकले गाडी पछाडि ल्याउने क्रममा सडकबाट ५० मिटर तल झरेको थियो ।