समाचार

लेखा समितिका सभासद्का नाम प्रस्तुत

२०७१ वैशाख ७ गते १३:५६

काठमाडौँ, ७ वैशाख –  व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक लेखा समितिका ५१ जना सभासद्को नामावली प्रस्तुत भएको छ । बैठकमा सभामुख सुवास नेम्वाङले सो समितिका सभासद्को नाम सहमतिका लागि व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली, २०७० को नियम १०८ बमोजिम संसद्को नियमित कार्यमा सहयोग पु¥याउन नियम ११०...

युगकवि सिद्धिचरण पुरस्कार संस्कृतिविद् जोशीलाई

२०७१ वैशाख ७ गते १३:५५

काठमाण्डु, ७ वैशाख – युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७१ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ आठ दशकदेखि निरन्तर नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार तथा युवाकवि फूलमान बललाई...

ओलीको राष्ट्रपतिसँग डेढ घण्टा लामो भेट

२०७१ वैशाख ७ गते १३:४५

काठमाण्डु, ७ वैशाख –   राष्ट्रपति डाक्टर रामवरण यादव र एमाले नेता केपी शर्मा ओलीवीच डेढ घण्टा लामो भेट भएको छ । शितल निवासमा आज अपरान्ह ३ बजेदेखि चलेको भेट डेढ घण्टासम्म चलेको थियो । भारतमा उपचार गरेर फर्किएपछि ओली राष्ट्रपतिलाई भेट्न शिलत निवास पुगेका...

भारतमा मात्रै करिब दुई लाख नेपाली महिला यौन व्यवसायमा

२०७१ वैशाख ७ गते १३:३८

काठमाण्डु, ७ वैशाख –  वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुले कामका सिलसिलामा गन्तव्य मुलुक र स्वदेश फिर्तापछि पनि जटिल समस्या भोग्नुपरेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । ग्रीन तारा नेपाल र बेलायतको शेफिल्ड विश्वविद्यालयले संयुक्त रुपमा आज सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालबाट विदेशिने कामदारको...

जात्रामा ढुङ्गामुढा गर्नेमाथि सार्वजनिक मुद्दा

२०७१ वैशाख ७ गते १३:३६

भक्तपुर, ७ वैशाख – बिस्केट जात्रामा ढुङ्गामुढा गरी हुलदङ्गा गर्ने पाँच जनालाई पक्राउ गरी भक्तपुर प्रहरीले सार्वजनिक अपराध ऐनअन्र्तगत कारबाही गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ बस्ने रवीन देउला, भनपा–१३ का सुदीप शिल्पकार, भनपा–५ का उज्ज्वल दुवाल, सिपाडोल–१ का राम तामाङ र भनपा–५...

शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्षको परीक्षाफल प्रकाशित

२०७१ वैशाख ७ गते १३:३५

काठमाण्डु, ७ बैशाख  –   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्ष मौकासहितको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।...

बिमल घर्तिमगरले यसरी गरेका थिए गोल (भिडियो सहित)

२०७१ वैशाख ७ गते १३:२१

काठमाण्डु, ७ बैशाख  – नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो । २ मध्ये एक गोल बिमलले गरेका थिए...

४२ डिग्रि सेल्सियसको गर्मीमा एमाओवादीको सम्मेलन

२०७१ वैशाख ७ गते १३:१२

काठमाण्डु, ७ वैशाख –  आगामी १८ गतेदेखि बिराटनगरमा एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन हुने तय भएको छ ।  सम्मेलनको मिति नजिकिदै गर्दा सम्मेलन हुने नहुने बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी पनि भइरहेका छन् । एमाओवादी नेता पोष्टबहादुर बोगटीका अनुसार सम्मेलनको सम्पुर्ण तयारी पुरा भइसकेको छ...

सत्ताकाे आडमा माउ पार्टी रहेका बेला स्वबियु निर्वाचन गर्न नहुने – बर्तौला

२०७१ वैशाख ७ गते १२:३५

काठमाण्डु, ७ वैशाख – स्वबियु निर्वाचन गर्ने बिषयमा त्रिभुवन बिश्वबिद्यालयले आज सबै बिद्यार्थी संगठनहरुसँग छलफल गरेको छ । किर्तिपुरमा भएको छलफलमा नेबि संघ र अनेरास्वबियुले तत्काल निर्वाचन गर्नुपर्ने माग गरेको छ भने अनरास्ववियु क्रान्तिकारी, राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र नेकपा माओवादी समर्थित बिद्यार्थी...

संसदीय समाचार सङ्कलनलाई सहज पार्न मिडिया सेन्टर सुधारिने

२०७१ वैशाख ७ गते १२:०४

काठमाडौँ, ७ वैशाख । संविधानसभा सचिवालयले समाचार सङ्कलन र सम्प्रेषणलाई सहज र सरल बनाउन मिडिया सेन्टरलाई सुधार गर्ने भएको छ । ललितपुरमा आज सम्पन्न संविधानसभा सचिवालय र सञ्चारकर्मीबीच ‘संसदीय सूचना सङ्कलन सम्प्रेषण  चुनौती र समाधान’ विषयक दुईदिने अन्तक्र्रिया कार्यक्रममा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले...

बक्यौता तिरे क्यासिनो पुनः सञ्चालनमा आउन सक्छ

२०७१ वैशाख ७ गते १२:०३

चितवन, ७ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्यले सरकारी राजस्व, मजदुरको तलब र होटलको दस्तुर तिरे क्यासिनो पुनः सञ्चालनमा आउन सक्ने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारी सिर्जना गर्ने, पर्यटक भित्र्याउने र...

सचिवलाइ काखी च्यापेर लाेकमान मलेसियातर्फ

२०७१ वैशाख ७ गते १२:०२

काठमाण्डु ७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की मलेसिया र थाइल्याण्डले भ्रष्टाचार नियन्त्रणका दिशामा अपनाएका उपाय एवम् अनुभव आदानप्रदान गर्न आज मलेसियातर्फ प्रस्थान गरेका छन् । ती मुलुकको सद्भावना भ्रमणका क्रममा उनले त्यहाँका भ्रष्टाचारविरुद्ध कार्यरत आयोगका उच्च पदाधिकारीसँग आपसी सहयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us