
काठमाडौँ, ७ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक लेखा समितिका ५१ जना सभासद्को नामावली प्रस्तुत भएको छ ।
बैठकमा सभामुख सुवास नेम्वाङले सो समितिका सभासद्को नाम सहमतिका लागि व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली, २०७० को नियम १०८ बमोजिम संसद्को नियमित कार्यमा सहयोग पु¥याउन नियम ११० बमोजिम सो समितिमा रहने सदस्यको नाम प्रस्तुत गरेका थिए । यस्तै बैठकमा व्यवस्थापिका–संसद्अन्तर्गतका विभिन्न समितिका सदस्यको नामावलीमा हेरफेर र थपघट गरियो ।
क्षतिपूर्तिको माग
बैठकमा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका परिवारलाई उचित क्षतिपूर्ति दिन सभासद्ले माग गरे ।
बैठकमा सभासद् विनोद श्रेष्ठ र वाङ्छे शेर्पाले समय माग गरी सरकारले आरोहरणमा संलग्न हुने पथप्रदर्शक, भरिया (सहयोगी) तथा पर्वतारोहीलाई विपत्तिको जोखिमबाट बच्ने उपायका लागि दीर्घकालीन सोच बनाउनुपर्नेमा पनि जोड दिए ।
यस्तै आजको शून्य समयमा विभिनन सभासद्ले समसामयिक सवालमा बैठकमा सरकारको ध्यानाकर्षण गराए ।