सचिवलाइ काखी च्यापेर लाेकमान मलेसियातर्फ

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १२:०२ मा प्रकाशित

काठमाण्डु ७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की मलेसिया र थाइल्याण्डले भ्रष्टाचार नियन्त्रणका दिशामा अपनाएका उपाय एवम् अनुभव आदानप्रदान गर्न आज मलेसियातर्फ प्रस्थान गरेका छन् ।

ती मुलुकको सद्भावना भ्रमणका क्रममा उनले त्यहाँका भ्रष्टाचारविरुद्ध कार्यरत आयोगका उच्च पदाधिकारीसँग आपसी सहयोग अभिवृद्धिबारे छलफल गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रमुख आयुक्तका साथ आयोगका सचिव केशवप्रसाद भट्टराई पनि सहभागी छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us