समाचार

सामुदायिक वनमा शव

२०७१ वैशाख ८ गते ८:०७

बागलुङ, ८ वैशाख – नरेठाँटी गाविसस्थित सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । चार दिनेदेखि बेपत्ता नरेठाँटी गाविस–४ का ५२ वर्षीय अमर साहनीको साइनपाटा सामुदायिक वनको झाडीमा शव फेला परेको प्रहरीले बताएको छ । स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला...

जघन्य अपराधका दोषीलाई माफी दिन सकिँदैन–सञ्चारमन्त्री

२०७१ वैशाख ८ गते ७:३६

विराटनगर, ८ वैशाख – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले द्वन्द्व बल्झाउने खालको सत्य निरुपण तथा मेलमिलाप आयोग नआउने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता डा रिजालले आयोगमा बेपत्ता नागरिकका परिवारलाई राहत दिने व्यवस्था हुने जानकारी दिए । आयोगको...

यातायत व्यवस्था कार्यलयबाट ४३ जना दलाल पक्राउ

२०७१ वैशाख ८ गते ७:१३

ललितपुर, ८ बैशाख – ललितपुर प्रहरीले यातायत व्यवस्था कार्यलय कुसुन्तीबाट ४३ जना दलालहरुलाई पक्राउ गरेको छ । जावलाखेलबाट खटेको प्रहरी निरिक्षक नरेन्द्र चन्द र समिरचन्द्र खरेलको संयुक्त टोलीले आज बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिए । उनीहरुलाइ अहिले...

बालिकालाई बलात्कार गर्ने पक्राउ

२०७१ वैशाख ८ गते ५:४७

सिरहा, ८ वैशाख – घरमा काम गर्न राखेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको बडहरामाल–३ का ३० वर्षीय शिवनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ कोही नभएको मौका छोपी घरमै काम गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका...

च्याप्प लौरो समात्छु चौका, छक्का हान्छु…..

२०७१ वैशाख ८ गते ५:२५

काठमाण्डु, ८ वैशाख – गायक पशुपति शर्मालाई अहिले क्रिकेटको भूत निक्कै चढेको छ । लोक तथा दोहोरी गीतले कमाएको चर्चा थोरै भयो भन्दै उनी क्रिकेटतिर लागेका हुन् । ठट्यौली गीत गाउन खप्पिस शर्माले अहिले त्यस्तै गीत गराएका छन् क्रिकेट खेलबारे । मोडल खेले, मोडलमा...

ट्याक्टर दुर्घटनामा २ को मृत्यु

२०७१ वैशाख ८ गते ३:२३

काठमाण्डु, ८ वैशाख – दोलखाको सहरे गाविस वडा नम्बर ३ को भोर्ले भिरमा भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दोलखाको खिम्तीबाट रामेछापको फुलासी जाँदै गरेको ट्याक्टर दुर्घटनामा ट्याक्टरका चालक महोत्तरको खरमारा घर भएका टीकाबहादुर श्रेष्ठ र रामेछाप गेलुका नीरबहादुर कार्कीको मृत्यु...

अस्थायी शिक्षक विस्थापन हुने खतरा

२०७१ वैशाख ८ गते ३:१७

काठमाण्डु, ८ वैशाख – शिक्षा सेवा आयोगले स्थायी पदपूर्तिका लागि नतिजा प्रकाशन गरिरहेका बेला विसं. २०६३ यताका अस्थायी शिक्षकहरू पेसाबाट विस्थापन हुने खतरा बढेको छ । आयोगले गत वर्ष माध्यमिक तहका १३ हजार शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिरहेको छ भने यसै...

एमाले स्थायी कमिटि बैठक बस्दै

२०७१ वैशाख ८ गते २:४६

काठमाण्डु, ८ वैशाख – आसन्न नवौ महाधिवेशनको बिषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै छ । पार्टी कार्यालय मदन नगर बल्खुमा दिउँसो बस्ने बैठकमा महाधिवेशमा पेस गर्ने दस्तावेजको बिषयमा छलफल हुने एमाललेले जनाएको छ । महाधिवेशनमा प्रस्तुत पेश हुने दस्तावेजमा बिबाद भएपछि...

रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैद

२०७१ वैशाख ८ गते २:२९

काठमाण्डु, ८ वैशाख – श्रीमति हत्यको अभियोगमा अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको रेग्मीलाई पनि एक बर्ष कैद सजाय भएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायधीश मोहम्मद जैनुद आजादको इजलासले आइतवार पूर्वडिआइजी कोइरालालाई जन्मकैदको फैसला सुनाएको हो । २७...

‘जिउँदा सहिद ’ मुकेशलाई नागरिकता

२०७१ वैशाख ८ गते १:५५

काठमाण्डु, ८ वैशाख – जिउँदा सहिद मुकेश कायस्थलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । जनआन्दोलन ०६२ –०६३का जिउँदा सहिद बनेपा नगरपालिका २ का कायस्थलाई उनकै निवासमा पुगेर प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । जनआन्दोलनमा प्रहरीको...

चोर छुटाउन १८ लाख घुस !

२०७१ वैशाख ८ गते १:३५

काठमाण्डु, ८ वैशाख – चोरीका अभियुक्त छुटाउन १७ लाख ७० हजार रुपैयाँ घुस लेनदेन भएको छ । अभियुक्तका परिवारसँग पैसा लिने प्रहरी निलम्बनमा परेका छन भने दलाल पक्राउ परेका छन् । अभियुक्त छुटाइदिने भन्दै घुस लिने महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत इन्स्पेक्टर शरद सुवेदीमाथि...

सहमतिको आधारमा सभापति चयनको प्रयास विफल

२०७१ वैशाख ७ गते १३:५९

काठमाण्डु, ७ बैशाख  –  संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले सभापतिको चयन प्रक्रिया सहमतिका आधारमा हुन नसकेको व्यहोरासहितको जानकारी संविधानसभाका अध्यक्षलाई दिने निर्णय गरेको छ । सिंहदरवारस्थित संविधानसभा सचिवालयमा बसेको समितिको बैठकले लामो समयसम्म सर्वसम्मतिको आधारमा सभापति चयनको लागि प्रयास गरेपनि सहमतिको विन्दु फेला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us