समाचार

पत्रकार महासंघमा दुई अध्यक्षका कार्यक्रम सार्वजनिक

२०७१ वैशाख ९ गते ९:२८

काठमाण्डु, ९ वैशाख – यही वैशाख २० र २१ गते काठमाडौंमा हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशनमा दुई प्यानलका अध्यक्ष प्रत्यासीले आआफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । पत्रकारहरुको एकमात्र छाता संस्थाको रुपमा रहेको महासंघमा आगामी नेतृत्वका लागि अध्यक्षमा प्रेस चौतारी नेपालका तर्फबाट डा. महेन्द्र...

न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम सिफारिस

२०७१ वैशाख ९ गते ८:१२

काठमाण्डु, ९ वैशाख – सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम सिफारिस भएको छ । आज बसेको न्याय परिषदको बैठकले संसदीय सुनुवाईको लागि बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा, जगदीश शर्मा पौडेलको नाम सिफारिस...

बाल विवाहसँगै बहुविवाह गर्नेविरुद्ध उजुरी

२०७१ वैशाख ९ गते ६:५८

जुम्ला, ९ वैशाख – हाँकु– ६ गिडिखोलाकी १७ वर्षीया सरस्वती नेपालीले बालविवाहसँगै बहुविवाह गरेको भन्दै आफ्नै पति अमरविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी छन् । सरस्वतीले दर्ता गरेको निवेदनमा आफूलाई २०६७ साल वैशाख ३० गते परम्परागत संस्कारअनुरुप १३ वर्षको उमेरमा बालविवाह गरेको र लगत्तै चार...

प्रचण्ड काभ्रेमा, भट्टराइसँग भेट

२०७१ वैशाख ९ गते ६:१७

काठमाण्डु, ९ वैशाख – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काभ्रे पुगेका छन् । राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न उनी त्यहाँ पुगेका हुन् । उनी स्थानीय फूलबारी रिर्सोटमा बसेका छन् । एकीकृत माओवादीले राष्ट्रिय सम्मेलन यही बैशाख १८ गतेदेखि बिराटनगरमा हुदैछ । उनी २...

स्ववियु निर्वाचनबारे साझा धारणा बनाउन ११ विद्यार्थी संगठनको बैठक बस्दै

२०७१ वैशाख ९ गते ५:५३

काठमाण्डु, ९ वैशाख – स्ववियु निर्वाचनबारे साझा धारणा बनाउन अखिल क्रान्तिकारी सहितका ११ विद्यार्थी संगठनको बैठक आज बस्दैछ । बागबजारमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा स्ववियु निर्वाचनका बिषयमा छलफल हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले जानकारी दिए । आवश्यक गृहकार्य नगरी त्रिविले स्ववियु निर्वाचन...

कम्युनिष्ट पार्टीको स्थापना दिवश

२०७१ वैशाख ९ गते ५:२६

काठमाण्डु, ९ वैशाख – आज कम्युनिष्ट दिवस, विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना आजभन्दा ६५ वर्ष अघि भारतको कोलकत्ताँमा भएको थियो । पार्टीको स्थापना लेनिनको जन्म जयन्तीको अवसर पारेर भएको हो । यसैबीच कम्युनिष्ट पार्टीको स्थापना तथा लेनिनको १ सय...

अवैध चाँदीसहित तीन पक्राउ

२०७१ वैशाख ९ गते ४:१५

काठमाण्डु, ९ वैशाख – मोरङ प्रहरीले विराटनगरबाट १० केजी अवैध चाँदी सहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरबाट भारतीय बजार जोगबनी जाने क्रममा नेपाल भारत सिमाना नजिक बीआर ११ एच ४०१९ नम्बरको इन्डिका कारसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको भटियाही...

शीर्ष तीन दलको बैठक बस्दै

२०७१ वैशाख ९ गते ३:५१

काठमाण्डु,९ वैशाख – संविधानसभाका विभिन्न पाँचवटा समितिको सभापति चयन र २६ जना मनोनितका बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने तयारी भएको छ । संसद् सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरु समिति सभापति चयनका विषयमा...

एमालेको महाधिवेशन सर्ने संभावना !

२०७१ वैशाख ९ गते २:३६

काठमाण्डु, ९ वैशाख – राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसक्दा नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ । अध्यक्ष झलनाथ खनालले आज बेलुकासम्म प्रतिवदेन तयार पार्ने भन्दै समय माग गरेका छन् । खनाल प्रतिवेदन लेखनमा व्यस्त रहेको उनको निजी सचिवालय...

११ र १२ का दुई लाख विद्यार्थी खाडीमा

२०७१ वैशाख ९ गते २:२४

काठमाण्डु, ९ वैशाख – कक्षा ११ र १२मा भर्ना भएका धेरै बिद्यार्थी पढ्दा पढ्दै वैदेशिक रोजगारमा जाने गरेको शिक्षक र उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमान लगाएका छन् । भर्ना, रजिष्ट्रेसन र परीक्षा फाराम भरेका विद्यार्थी संख्याका आधारमा उच्च शिक्षा अध्ययरत करिव दुई लाख विद्यार्थी...

५ जना न्यायाधीश नियुक्तिको सिफारिस हुने

२०७१ वैशाख ९ गते २:०८

काठमाण्डु, ९ वैशाख – न्यायपरिषद्को बैठकले आज पाँच जना न्यायाधीश नियुक्तीको सिफारिस गर्दैछ । न्यायाधीश नियुक्तको विषयमा सोमबार परिषद्को बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको थिएन । हिजोको बैठकमा न्यायाधीश नियुक्तीको विषयमा सहमतिको नजिक पुगेकाले आज बस्ने बैठकले पाँच जना न्यायाधीशको टुंगो लगाउने बताइएको...

आगलागी २७ घर जल्यो

२०७१ वैशाख ८ गते १३:५६

 विराटनगर, ८ वैशाख – मोरङको दर्वेसा गाविस–८ मा आज दिउँसो आगलागी हुँदा  ६० लाख बराबरको धन सम्पत्ति जलेको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय भुलरा यादवको घरबाट सुरु भएको उक्त आगलागीमा १० घर परिवारको २७ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us