शीर्ष तीन दलको बैठक बस्दै

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ३:५१ मा प्रकाशित

काठमाण्डु,९ वैशाख – संविधानसभाका विभिन्न पाँचवटा समितिको सभापति चयन र २६ जना मनोनितका बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने तयारी भएको छ ।

संसद् सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरु समिति सभापति चयनका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठकको तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले र एमाओवादीले प्रमुख तीन समितिमा एक÷एक शीर्ष नेताले नेतृत्वगर्ने र बाँकी दुई समितिमा मधेसवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपा नेपालले भने सहमतिमा आफुहरुले सभापति नपाए पाँचवटै समितिमा नेतृत्व दावी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ ।

राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति कायम नभए पाँचवटै समितिको सभापतिमा उम्मेदवार दिने बताउनुभयो । उहाँले आजदेखि छलफल गरिने जनकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us