आगलागी २७ घर जल्यो

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते १३:५६ मा प्रकाशित

 विराटनगर, ८ वैशाख – मोरङको दर्वेसा गाविस–८ मा आज दिउँसो आगलागी हुँदा  ६० लाख बराबरको धन सम्पत्ति जलेको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय भुलरा यादवको घरबाट सुरु भएको उक्त आगलागीमा १० घर परिवारको २७ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, प्रहरीका अनुसार मोरङको कानेपोखरीमा पनि आजै दिउँसो आगलागी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us