काठमाण्डु, ९ वैशाख – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काभ्रे पुगेका छन् । राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न उनी त्यहाँ पुगेका हुन् ।
उनी स्थानीय फूलबारी रिर्सोटमा बसेका छन् । एकीकृत माओवादीले राष्ट्रिय सम्मेलन यही बैशाख १८ गतेदेखि बिराटनगरमा हुदैछ । उनी २ दिनसम्म त्यहाँ रहने बताइएको छ ।
यसैवीच प्रचण्डले आजै दस्तावेज लेखनका बिषयमा बिहान सानेपा पुगेर बाबुराम भट्टराइसँग भेट गरेका छन् । भट्टराइले पनि सम्मेलनमा छुट्टै दस्तावेज पेश गर्ने बताइएको छ ।